१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. देउवाको दह्रो साथ पाएपछि गर्जिए , ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ पाएपछि विपक्षीमाथि आक्रामक अभिव्यक्ति दिएका छन् । उनले ‘नावाकाद’हरूलाई देउवाले चिसो पानी खन्याइदिएको टिप्पणीसमेत गरे । त्यसअघि शनिबार बालुवाटारमा भएको छलफलमा ओलीले देउवाको दह्रो साथ पाएका थिए ।
२. शिक्षक आन्दोलनमा झडप
आइतबार प्रहरी र आन्दोलनरत शिक्षकबिच झडप भएको छ । यस क्रममा केही शिक्षक घाइते भएका छन् । रिपोर्टिङका क्रममा पत्रकार पनि घाइते भएका छन् ।
३. शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले शान्तिपूर्ण ढङ्गले आन्दोलनरत शिक्षकहरू र समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीमाथि नृशंस दमन भएको भन्दै सो घटनाको भर्त्सना गरेको छ । आइतबार सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् ।
४.गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्ता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् ।
५. पर्सा सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझायो रविविरुद्धको प्रतिवेदन
रवि लामिछानेविरुद्ध पर्सा प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ । बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
६.. सांसद माया राई पक्राउबारे कांग्रेसको धारणा के ?
प्रतिनिधि सभा सदस्य माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । उनको पक्राउका बारेमा नेपाली कांग्रेसले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।
७. देउवाको थाइल्याण्ड भ्रमणबाट सार्वभौकिता प्रस्ट : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको सार्वभौमिकता कस्तो छ भन्ने कुरा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट प्रस्ट भएको बताएका छन् । शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा नेपाल सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्म पराधीन हुन पुगेको उनको आरोप छ ।
८. रक्सी चोरीबारे संसदमा चर्चा
नेपाली कांग्रेसले गत चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो, त्यो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई चेतावनी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन्, त्यो प्रमाणित गर्नुपर्ने बताए ।
९. सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको ‘सर्ट लिस्ट’ तयार
संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटीं) ले सर्ट लिस्ट सार्वजनिक गरेको छ । आइतबार बसेको समितिको बैठकले सर्ट लिस्ट छनोट गरेको हो ।
१०. आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
प्रहरीको हिरासतमा रहेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले आमाको मुख हेर्ने दिन आमाकै कसम खाएर आफू निर्दोष रहेको जिकिर गरेका छन् । आइतबार अदालतमा प्रस्तुत भएका उनले न्यायाधीश समक्ष आमाको कसम खाँदै आफूले राज्यविरुद्ध अपराध हुने र संगठित अपराध हुने गरी कुनै काम नगरेको बताए ।
११. शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेको आरोप लगाएको छ । सो पार्टीले शिक्षक आन्दोलनमाथि दमन भएको भन्दै त्यसको तीव्र निन्दा र घोर भर्त्सना समेत गरेको छ ।
१२. प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते
प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?