स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
आइतबार, १४ वैशाख २०८२, २१ : ४१

काठमाडौँ । प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका ५ स्थित ग्यालेक्सी टोलबाट स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमार छन् ।
आरोपी बस्ने डेरा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९ सय रुपैयाँ नेपाली रुपैयाँ र २६ हजार भारतीय रुपैयाँ भेटिएको कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले रातोपाटीलाई बताए ।
आरोपीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी