बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक

काठमाडौँ । जारी आईपीएलको ४६ औं र आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १६३ रनको मध्यम लक्ष्य दिएको छ ।
अरुन जेट्ली स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा मात्र १६२ रन मात्र बनाउन सक्यो । आज पनि दिल्लीका कुनै पनि ब्याटरले अर्धशतकीय पारी खेल्न सकेनन् ।
केएल राहुलले सर्वाधिक ४१ रनको योगदान दिए भने ट्रिस्टन स्टब्सले ३४ रन बनाए । त्यस्तै अभिषेक पोरेलले २८ रन बनाए ।
करुन नैरले मात्र ४ रन बनाए भने अन्य दिन तीव्र गतिमा ब्याटिङ गर्दै आएका अक्षर पटेलले पनि आज १५ रन मात्र बनाउन सके ।
बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जोस हेजलवुडले २ विकेट लिए ।
यसअघि आजै भएको अघिल्लो खेलमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जाइन्ट्सलाई ५४ रनले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
-
तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार
-
शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै