सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

हत्कडीसहित अभियुक्त फरार

आइतबार, १४ वैशाख २०८२, २१ : २७
आइतबार, १४ वैशाख २०८२

कैलाली । मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हत्कडीसहित फरार भएकी छन् ।

मानव बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उनी हत्कडीसहित फरार भएकी हुन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको बेला शाही फरार भएकी बताए । 

निजलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप