सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेस सह-महामन्त्रीका छोरालाई नियन्त्रणमा लिइएको भन्ने समाचारमा सत्यता छैन : प्रहरी

आइतबार, १४ वैशाख २०८२, २० : ५३
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । जिल्ल प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारहरुका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सह-महामन्त्रीका छोरालाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपील राज बोहराले बताए ।  

यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोरा समेत पक्राउको विषय बाहिरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप