पारिवारिक दुस्मनीमा बालकको हत्या : टिकटक बनाउन बोलाए, गोली हानेर मारे

रौतहट । रौतहटमा एक १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वृन्दावन नगरपालिका–७ का कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने मुख्य अभियुक्त २५ वर्षीय नागेन्द्र सहनी र सहायक अभियुक्त २२ वर्षीय साधुलाई पक्राउ गरेको हो ।
त्यस्तै, मृतकको मोटरसाइकल खरिद गर्ने गौर नगरपालिका–४ का विकास पटेल र मोटरसाइकल टुक्रा पार्ने ग्यारेजवाला अनिल साहलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कृष्णप्रसाद यादव गत वैशाख ६ गते बीआर०५डब्लू०१३७ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्केका थिए । तर, उनी घर नफर्केपछि ९ गते प्रहरी कार्यालय गरुडामा खोजतलासका लागि परिवारले निवेदन दिएको थियो ।
प्रहरीले खोजतलास गर्दा ११ गते रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा छाती र पेटमा गोली लागेको अवस्थामा यादवको शव फेला परेको थियो ।
प्रहरी अनुसन्धानमा नागेन्द्र सहनी र मृतक यादवको परिवारपछि पुरानो रिसिइबी रहेको र त्यसैको रिसमा उनीहरूले हत्या गरेको खुलेको थियो ।
नागेन्द्र सहनीको भतिजी मृतकको बुबाको इँटा भट्टामा डुबेर मृत्यु भएको थियो । यो विषयमा आफ्नो भतिजीलाई मारेको भनेर सहनीको परिवारको आरोप लगाएको थियो । यसैगरी, ३ वर्षअघि मृतक यादवको बुबालाई अपहरण गरेको भनेर नागेन्द्र सहनीको दाइ धर्मेन्द्र सहनीमाथि अपहरण मुद्दा चलेको थियो । उनी हालसम्म फरार रहेका छन् ।
प्रहरीका अनुसार घटनाको दिन नागेन्द्र र साधुले टिकटक बनाउनको लागि मृतक यादवलाई मोबाइलमा फोन गरी गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा बोलाएका थिए । यादव त्यहाँ पुगेपछि दुई जना मिलेर उनलाई नियन्त्रणमा लिई उनको मोबाइल खोसेका थिए । त्यसपछि सोही मोटरसाइकलमा तीनै जना बसी बिचमा यादवलाई बसाएर चाँदी खोलामा पुगेका थिए ।
घटनास्थलमा पुगेपछि साधुले मृतक यादवलाई धकेली लडाएका थिए र नागेन्द्रले उनीमाथि छातीमा २ राउण्ड गोली प्रहार गरेका थिए । वारदातपछि दुवै प्रतिवादीहरू मृतककै मोटरसाइकल लिएर साधुको रौतहटकै दुर्गा भगवती गाउँपालिका–५ स्थित बहिनी ज्वाइँको घरसम्म पुगेका थिए ।
उनीहरूले सो घरभित्र टिनको बाकसमा पेस्तोल लुकाएका थिए भने मोटरसाइकलको नम्बर प्लेट भाँची माटोमा गाडेर मोटरसाइकल भने सोही घरमा छाडेका थिए ।
त्यसपछि भोलिपल्ट बिहान दुवै जना पुनः बहिनी ज्वाइँको घरमा पुगेर मोटरसाइकल लिई विकास पटेललाई ५ हजार रुपैयाँमा बेचेका थिए । सो मोटरसाइकल गौरको मोटरसाइकलबाट बरामद गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ४ जनामाथि कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी