सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

प्रहरीले दमन गरेपछि आन्दोलनलाई थप सशक्त बनाउने नेपाल शिक्षक महासङ्घको निर्णय

प्रहरी दमनको भर्त्सना
आइतबार, १४ वैशाख २०८२, २० : १७
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित सडक आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । आन्दोलनका क्रममा आज दिउँसो प्रहरीले आक्रमण गरेपछि बसेको महासंघको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।

बैठकले प्रहरीले गरेको दमनको घोर भर्त्सना गरेको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले प्रहरीले नियोजित रूपमा लाठी प्रहार गरेको बताए ।

’पानीको फोहोरापछि शिक्षकहरू साइड लागिसकेका थिए। तर, त्यसपछि प्रहरीले सडक पेटीमा उभिएका शिक्षकहरूमाथि अन्धाधुन्ध लाठी हान्यो। प्रहरीको यो कदमको जती विरोध गरेपनि कम हुन्छ,झ अध्यक्ष अधिकारीले भने । 

आन्दोलनलाई थप सशक्त बनाउनका लागि शिक्षक तथा कर्मचारीलाई काठमाडौं बोलाउने भएको छ। विद्यालय खोल्न निर्देशन दिईरहेका पालिकाहरूलाई विद्यालयको साचो बुझाएर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ । 

विद्यालय खोल्न दबाब दिने पालिकालाई विद्यालयको साचो बुझाएर काठमाडौं आउन प्रधानाध्यापकहरूलाई अनुरोध गरिएको बताए । त्यस्तै शिक्षक महासंघले पेश गरेको ९ बुदाहरू मन्त्रिपरिषदबाट तत्काल पारित गराउन ताकेता गर्ने समेत निर्णय गरेको छ । 

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन्। आन्दोलनको २६ ओै दिनमा आज प्रहरी र शिक्षकहरूबीच झडप भएको थियो । झपडका क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाईते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप