सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

कुलेखानी सिस्नेरी छैमले सडकको अनुगमन, समयमा काम सक्न मन्त्रीको निर्देशन

आइतबार, १४ वैशाख २०८२, २० : १०
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले हेटौंडा काठमाडौं जोड्ने छेटो दुरीको कुलेखानी सिस्नेरी छैमले सडकको पुनः निर्माणको अनुगमन गरेका छन् । 

आइतबार विपद् प्रभावित उक्त सडक पुन निर्माणको कामको मन्त्री मास्केले अनुगमन गरेका हुन् । मन्त्री मास्केसहित काठमाडौं दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, मन्त्रालयका सचिव अमृत श्रेष्ठ, यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक नविन सिंह, प्रदेश राजधानी पूर्वाधार विकास विषेश आयोजनाका प्रमुख देवनारायण यादव लगायतले अनुगमन गरेका थिए ।

मन्त्री मास्केले सिस्नेरी दक्षिणकाली सडक खण्डको सलेन डाँडा, छैमले लगायतका क्षेत्रमा सडक निर्माणको क्रममा भएका अवरोध तथा समस्या बारे जानकारी लिएका थिए । उनले सो क्षेत्रका स्थानीय तथा जनप्रतिनिधि र सरोकारवालाहरुसंग छलफल गरेका थिए ।

मन्त्री मास्केले कुलेखानी सिस्नेरी खण्डका विपद् प्रभावित ३ खण्डको स्थलगत अवलोकन गरेका थिए । विपद्बाट क्षती पुगेको उक्त सडकको ३ खण्डामा ठेक्का लगाएर पुनः निर्माणको काम भइरहेको छ । सो ठेक्काहरुको गुणस्तर, प्रगति, तथा व्यवस्थापनको विषयमा मन्त्री मास्केले अनुगमन गरेका छन् । प्रदेश राजधानी पूर्वाधार विकास विशष आयोजना मार्फत् ठेक्का लागेर सो सडकको पुनः निर्माण तथा स्तरोन्नतीको काम भइरहेको छ ।

गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण सो सडक खण्डको ३ स्थानमा सडक बगाएको थियो । कुलेखानी जलाशयको पानीलाई निकास गर्दा सो सडक खण्डको ३ स्थानमा करिव १ किलोमिटर सडक बगाएको थियो । जस मध्ये कुलेखानी जलाशय मुनीको सिमखोला पुलमा समेत क्षती पुग्नुको साथै पहूच मार्ग बगाएको थियो भने सिस्नेरी बजारमा २५० मिटर र ज्यामिरे खण्डमा ७०० मिटर सडक बगाएको थियो ।

स्तरोन्नती सहित उद्घाटनको अन्तिम तयारीमा रहेको उक्त सडकको पिच सहितको भाग बगाएको थियो । उक्त खण्डको सडक बगाउँदा प्रदेश सरकारको २० करोड रुपैयाँको आर्थिक क्षती भएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले बताए । उनका अनुसार ट्रयाकसमेत नभेटिने गरी बाढीले उक्त सडक बगाएपछि करिव एक साता हेटौंडा काठमाडौं सम्पर्क समेत टुटेको थियो । तत्कालका लागि सडक खुलाउन सिस्नेरी खोलाको बगरबाट नै यातायात संचालनको व्यवस्था गरिएको उनले बताए ।

हाल उक्त सडक अन्तर्गतको ज्यामिरे र सिस्नेरी खण्डको लागि २ वटा ठेक्का सम्झौता भइ काम भइरहेको उनले बताए । 

सो खण्डमा प्लम्प वाल सहित मेसिनरी वाल लगाएर सडकको ट्रयाक निर्माणको काम भइरहेको छ भने सिमखोलामा बेलीब्रिज हाल्ने कार्य अघि बढाइएको छ । आगामी असारसम्ममा ट्रयाक तयार गरी ग्राभेल सडकबाट यातायात संचालनको तयारी मन्त्रालयले गरिरहेको र सोही अनुसार निर्माण व्यवसायीलाई कार्ययोजना सहित काम गर्न निर्देशन गरिएको सचिव श्रेष्ठले बताए ।

समयमा काम सक्न मन्त्रीको निर्देशन

अनुगमनका क्रममा मन्त्री मास्केले ठेक्का लागेका क्षेत्रको काम छिटो सक्न निर्देशन दिएका छन् । उनले नागरिकको सहजताका विषयमा कुनै बहना बाजी नगरी काम गर्न उनले निर्देशन दिए ।

मन्त्रालय र मातहतका निकायले ठेक्का लगाएका क्षेत्रमा भएका काम गुणस्तरिय र पारदर्शी गर्न उनले निर्देशन दिए । निर्माण व्यवसायीको भुक्तानी तथा समन्वयमा प्रदेश सरकारबाट कुनै समस्या नहने उनले बताए । व्यवसायीले पनि कुनै पनि बाहनामा काममा आलटाल गर्न नहुने उनको भनाई छ ।

मन्त्री मास्केका अनुसार समस्या भएका स्थानमा स्थानीय तह, प्रदेश सरकार लगायतका निकायले समन्वय गर्नेछ । नागरिकलाई समस्यामा राख्ने, आलटाल गरेर समय लम्ब्याउने काम निर्माण व्यवसायीहरुबाट भएमा मन्त्रालयले कारवाही गर्ने मन्त्री मास्केले चेतवानी दिए ।

अनुगमनका क्रममा मेयर बस्नेतले सडक निर्माणका क्रममा भएका समस्याका विषयमा छलफलमा आउन उनले आग्रह गरे । केही स्थानमा स्थानीयहरुबाट सडक निर्माणमा भएको अवरोध हटाृउन र सहज वातावरण तयार गर्न आफूहरु तयार रहेका उनले बताए ।

निर्माण व्यवसायीहरुले नागरिकलाई सास्ती हुने गरी कुनैपनि बहानामा काम रोक्न नहुने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप