सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

मुम्बईको जितमा बुमराहको रेकर्ड

आइतबार, १४ वैशाख २०८२, १९ : ५१
आइतबार, १४ वैशाख २०८२

मुम्बई । ईन्डियन प्रिमियर लिग (आईपीएल) को ४५ औँ खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा मुम्बई ५४ रनले विजयी बनेको हो ।

मुम्बईले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । टोलीको जितमा स्टार बलर जसप्रित बुमराह नायक बने । ४ ओभर बलिङ गर्दै उनले मात्र २२ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए ।

योसँगै उनी मुम्बईका लागि आईपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले १ सय ३९ खेलमा १७४ विकेट लिन सफल भएका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन १० रन खर्चेर ५ विकेट लिनु हो । उनले एकै खेलमा ३ पटक ४ विकेट र २ पटक ५ विकेट लिएका छन् ।

बुमराहपछि लासिथ मलिङ्गा दोस्रो स्थानमा रहेका छन् । उनले १ सय ७० विकेट लिएका छन् । तेस्रो स्थानमा हरभजन सिंह छन् । उनको नाममा १ सय २७ विकेट रहेको छ । 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप