आईपीएल : मुम्बईको लगातार पाँचौँ जित, उक्लियो दोस्रो स्थानमा

काठमाडौँ । मुम्बई इन्डियन्सले जारी आईपीएलमा लगातार पाँचौँ खेल जित्दै आईपीएलको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ । टोलीले आइतबार वानखेडे स्टेडियममा लखनऊ सुपरजायन्ट्सलाई ५४ रनले पराजित गर्यो।
टस हारेर सुरुमा बलिङ गरेको मुम्बईले ७ विकेट गुमाउँदै २१५ रन बनाएको थियो । जवाफमा लखनऊले पूरै ओभर खेलेर पनि मात्र १६१ रन बनाउन सक्यो ।
मुम्बईका लागि जसप्रीत बुमराहले ४ विकेट लिए, उनले १६ औं ओभरमा ३ विकेट लिए र खेल आफ्नो पक्षमा फर्काएका थिए ।
ट्रेन्ट बोल्टले पनि आज ३ विकेट लिए । साथै विल ज्याक्सले २ विकेट लिए । आज सूर्यकुमार यादव र रायन रिकेलटन दुवैले अर्धशतक प्रहार गरेका थिए ।
लखनउका लागि आवेश खान र मयंक यादवले २–२ विकेट लिएका थिए । लखनऊका आयुष बडोनीले सर्वाधिक ३५ रन बनाए । आज दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच हुँदैछ । खेल दिल्लीको अरुण जेटली रंगशालामा पौने ८ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै