सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

नवलपरासीको हुलाकी सडक निर्माण ठेक्काको म्याद सम्पन्न, काम अझै ६० प्रतिशत बाँकी

आइतबार, १४ वैशाख २०८२, १९ : १९
आइतबार, १४ वैशाख २०८२

नवलपरासी । नवलपरासीको प्रतापुर गाउँपालिका वडा नम्बर २ बेलाटारी व्यवसायी केशव चापागाईँको पसलको अगाडिको सडक भत्किएको छ ।

‘३ वर्ष अगाडि सडक विस्तारको लागि भत्काएको धुलो पसलसँगै घरको झल्लबाट समेत छिर्ने गर्दछ।  सडक धुलो र पानी पर्दा हिलोका कारणले  हैरानसँगै खाल्टा खुल्टी गर्दा मोटर तथा  गाडी  समेत  चलाउन निकै सकस हुने गरेकाे छऽचापाँगाइले रातोपाटीसँग भने,सडक कारणले अन्य ग्राहक आउदैन्,व्यापार घट्यो धुलोले स्वास्थ्यमा समेत स्थानीयलाई पार्ने गरेको छ।’ 

नवलपरासीमा हुलाककी सडक अन्तर्गत नारायण चोकदेखि त्रिवेणीसम्म १६ किलोमिटर सडकको ठेक्का निर्माणको ठेक्का बज्रगुरु महालक्ष्मी जेभी काठमाडौँले पाए पनि काम गर्न ढिलाइ गरेपछि स्थानीयहरू सास्ती खेप्नु परेको हो । 

हुलाकी सडक नवलपरासीमा ३ खण्ड गरेर ठेक्का  गरेका मध्ये नारायण चोकदेखि त्रिवेणीसम्म १६ किलोमिटर निर्माणमा अटेर गर्ने  ठेकेदार बज्रगुरु महालक्ष्मी जेभी भएपछि यहाँ स्थानीयवासीको विरोधदेखि जनप्रनिधिहरु  सम्म आन्दोनम जानु गरेको छ । 

नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले हुलाकी सडक कार्यालयमा पुगेर ज्ञापन बुझाउनेदेखि स्थानीय विभिन्न ठाउँ सडक जाम गरेर आन्दोलन गर्दा समेत गर्न ठेकेदारले अटेर गरेको रातोपाटीलाई बताए । 

उनले अब सडक कार्यालय उक्त ठेकेदारसँग ठेक्का तोडेर भएपनि काम गर्नुपर्ने बताए। उक्त १६ किलोमिटर सडक निर्माणको लागि बज्रगुरु महालक्ष्मी जेभीले ५८ करोडमा सम्झौता गरेको थियो। यसको भौतिक प्रगति जम्मा ४० प्रतिशत मात्रै भएको हुलाकी सडक कार्यालय कपिलवस्तुका सूचना अधिकारी इन्जिनियर पवित्र मणि आचार्यले रातोपाटीलाई बताए ।

उनले निर्माणको लागि ठेक्का पाएको  बज्रगुरु महालक्ष्मी  निर्माण कम्पनीले काम नगर्दा अन्य हुलाकी सडक पनि बदमान भएको बताए । उनले तिन पटक सम्म दिइएको म्याद गत चैत्र २० गते सकिएको छ।

अव नयाँ म्याद थप गर्ने नगर्नेमा  छलफल चलिरहेको बताए। उनले ठेकेदारको म्याद थप गर्दे काम आलटाल गर्ने गरेका कारणले कार्यालय गम्भीर रहेको बताउँदै विभागबाट छिटै निर्णय आउने बताए।  

त्यसको लागी कार्यालय प्रमुख होमबहादुर एसी काठमाडौँ विभागमा गएको बताए। उनका अनुसार हुलाकी सडक कपिलवस्तुले  नवलपरासी जिल्लामा लगाएको तिन वटा ठेक्का मध्ये अन्य दुई वटा काम तुलनात्मक रूपमा राम्रो रहेको छ ।

बेलाटारी–कठहवा ९ किलोमिटर सडक विस्तारका लागि हुलाकी द कसेन्ट प्रालि काठमाडौँ’ले  करिब सक्ने चरणमा रहेको छ।यो ठेक्का द कसेन्ट प्रालि काठमाडौँले २८ करोड ९० लाखमा ठेक्का पाएको थियो।

उक्त सडक खण्डको भौतिक प्रगति ७७ प्रतिशत रहेको छ । यता जिल्लाको सदरमुकाम परासीदेखि नारायण चोकसम्मको साढे १२ किलोमिटर हुलाकी सडक निर्माणको काम सकिने अवस्था  रहेको इन्जिनियर आर्चायले बताए ।

यहाँ फुटपाथ तथा अन्य केही सामान्य काम बाँकी रहेको बताए। नवलपरासीको हुलाकी सडक समय सम्म गर्नको केन्द्रीय नेताहरू समेत चासो देखाएका छन् । 

नेपाली काँग्रेसका महामन्त्री गगन थापा,माओवादी अध्यक्ष प्रचण्ड लगायतको पनि ठेकेदारलाई लापरबाहीको कारणले सडक निर्माण ढिलाइ भएको भन्दै छिटो निर्माण गर्न माग गरेका थिए।सडक निर्माण समयमै सम्पन्न गर्न स्थानीय स्तरमा दबाब सिर्जना गरिए स्थानीयले गरेको आन्दोलन समेत गगन थापा सहभागी भएका थिए । 

प्रतापुर गाउँपालिका अध्यक्ष यादवले नेताहरू दबाब दिने स्थानीयहरू धर्नामा बस्दा समेत सुना वाई नभएको अव केही दिनमा नयाँ निर्णय नभएको शसत्त आन्दोलनको विकल्प नभएकाे बताए।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप