सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

हेटौँडाबाट खैरो हिरोइन सहित ३ जना पक्राउ

आइतबार, १४ वैशाख २०८२, १९ : ०८
आइतबार, १४ वैशाख २०८२

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट अवैध लागू औषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा १ चौकी टोलबाट अटोमा ल्याइरहेको खैरो हिरोइनसहित ३ जना पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हेटौँडा बजारतर्फ आउँदै गरेको ना १ ह १५२८ नम्बरको अटो चेकजाँच गर्ने क्रममा ७ सय ग्राम ३९० मिलिग्राम खैरो हिरोइन फेला परेको हो । 

उनले अटोमा आएका हेटौँडा ११ का २७ वर्षीय सुमन गुरुङ र हेटौँडा १ का २० वर्षीय बुद्धिमान थिङलाई शङ्काको आधारमा जाँच गर्दा उनीहरूको साथबाट प्रहरीले ५ सय मिलिग्राम खैरो हिरोइन फेला परेको जानकारी दिए । 

पक्राउ परेका गुरुङ र थिङलाई सोधपुछ गर्दा लागू औषध हेटौँडा १ लालझाडीका ३२ वर्षीय सुरेश तामाङसँग ल्याएको बताएपछि प्रहरीले तामाङको घरमा छापा मार्दा थप ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रवक्ता अर्यालले बताए । तामाङले खाल्डो खनेर लुकाएको अवस्थामा ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन फेला परेको उनको भनाई छ । 

लागू औषधसहित पक्राउ परेका तीन जनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप