राष्ट्र बैंकको वार्षिकोत्सवमा ‘एक थान’ गभर्नरको खोजी, सहभागी भएनन् यी प्रत्यासी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७० औं वार्षिकोत्सव मनाएको छ । आइतबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरेर बैंकले वार्षिकोत्सव मनाएको हो ।
२०१३ साल बैशाख १४ गते स्थापना भएको राष्ट्र बैंकले ७० औं वार्षिकोत्सवको अवसरमा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेको छ ।
हरेक वर्ष पूर्व गभर्नर मध्येबाट एक जनालाई सम्मान गर्ने परम्परा बमोजिम यस वर्ष क्षेत्रीलाई सम्मान गरिएको हो । वार्षिकोत्सवमो क्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान र २० वर्ष पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।
यसपटक राष्ट्र बैंकले पूर्णकालीन नेतृत्वबिनै वार्षिकोत्सव मनाएको हो । यो क्रममा राष्ट्र बैंकमा प्रतिनिधित्व गर्ने कर्मचारी युनियनहरूले सरकारले समयमै गभर्नर नियुक्ति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक समितिका अध्यक्ष कृष्ण केसीले राष्ट्र बैंकले देशको आर्थिक स्थायित्वका लागि काम गर्नुपर्ने भए पनि सरकारले समयमा ‘एक थान’ गभर्नर पठाउन समेत नसकेको भन्दै आलोचना गरे ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष हरिकृष्ण भट्टराईले पनि समयमा गभनैर नियुक्त नहुँदा बजारमा विभिन्न हल्लाहरू हुन थालेको भन्दै यसले राष्ट्र बैंकको साख कमजोर बनाउँदै जाने भन्दै चिन्ता व्यक्त गरे ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघकी अध्यक्ष गीता पोखरेलले भने राष्ट्र बैंकभित्रको तीता कुरा अन्य फोरमबाट आवाज उठाउने बताइन् । उनले राष्ट्र बैंकका कर्मचारीहरूले आन्तरिक समस्यालाई सार्वजनिक मिडियामा पोख्नुभन्दा अघि अँन्तरिक रुपपमै छलफल गरेर टुंग्याउनुपर्नेमा उनले जोड दिइन् ।
आजको कार्यक्रममा कायम मुकायम गभर्नर र डेपुटी गभर्नरले समेत मन्तव्य राखे पनि नयाँ गभर्नर नियुक्तिको सन्दर्भमा चर्चा गरेनन् । सम्मानित पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको सम्भावना र चुनौतीको सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
आजको कार्यक्रममा निवर्तमान गभर्नरसहित सबैजसो पूर्व गभर्नर सहभागी भए पनि डा। युवराज खतिवडा भने सहभागी भएनन् ।
उनी हाल प्रधानमन्त्रीको आर्थिक सल्लाहकार छन्, उनी समेत दोस्रोपटक गभर्नर बन्न तयार भएको चर्चा हुँदै आएको छ ।
त्यस्तै, गभर्नर बन्नको लागि अवधि नसकिँदै राजीनामा दिएका डा. गुणाकर भट्ट र योजना आयोगमा सदस्य समेत रहेका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ पनि आजको कार्यक्रममा सहभागी भएनन् । भट्टको राजीनामा विचाराधिन छ, श्रेष्ठको राजीनामा अस्वीकृत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म