नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले शिक्षा क्षेत्रका देखिएका विद्यमान समस्याबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै स्ववियु निर्वाचन, नेविसंघको १२ औँ महाधिवेशन, शिक्षकहरूको आन्दोलन, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा लगायतका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका ३१३ क्याम्पसमध्ये १२७ क्याम्पसमा स्ववियु निर्वाचन जितेको जनाएको छ । ती क्याम्पसहरूमा स्ववियु सभापति पदका उम्मेदवार जितेर देशकै अग्रणी विद्यार्थी सङ्गठन बनेको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । त्यस्तै मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका ७ वटा क्याम्पसमध्ये ६ वटा क्याम्पसमा सभापति जितेको बताए ।
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयका १५ वटा क्याम्पसमध्ये ९ वटामा नेविसंघ विजयी भएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको छोटो समयमै आएको राजीनामाको विषयमा गम्भीर अनुसन्धान गर्न माग गरेको छ । चार वर्षे कार्यकालका लागि नियुक्त भएका उपकुलपतिले मध्य अवधिमै राजीनामा दिनु सन्देहास्पद भएको भन्दै नेविसंघले अनुसन्धानको माग गरेको हो ।
त्यस्तै नेपाल शिक्षक महासंघले गर्दै आएको आन्दोलनप्रति समेत आफ्नो धारणा सार्वजनिक गरेको छ । शिक्षकहरू सडक आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति निर्माण हुनु दुःखद विषय भनेको छ । अविलम्ब सर्वपक्षीय वार्ता, छलफल र संवादमार्फत आन्दोलनरत शिक्षकहरूका जायज माग पुरा गर्न भनेको छ ।
त्यस्तै नेविसंघले आफ्नो १२ औँ महाधिवेशन तीन महिनाभित्रै महाधिवेशन गराउन प्रतिबद्धता जनाएको छ । स्ववियु निर्वाचनका कारण तत्कालीन अवस्थामा महाधिवेशन प्रक्रिया रोकी स्ववियु निर्वाचनतिर लागेको अध्यक्ष शेर्पाले बताए । महाधिवेशन गर्नका लागि रिक्त रहेका जिल्ला कार्यसमितिसहित ६६ जिल्लामा सङ्घ गठन एवम् पदपूर्ति गरिएको बताए । निर्देशन समितिसँग आवश्यक परामर्श गरी तीन महिनाभित्र महाधिवेशन गराउन प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म