सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

भारतीय नौसेनाले गर्‍यो युद्ध अभ्यास, मोदीले भने -  षड्यन्त्रकारीहरूलाई कडा जवाफ दिइनेछ

आइतबार, १४ वैशाख २०८२, १६ : ४८
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ । यही तनावका बिच भारतीय नौसेनाले युद्ध अभ्यास गरेको छ । भारतीय नौसेनाले यस अभ्यासमा भारतीय युद्धपोतहरूले लामो दूरीमा सटीक आक्रमण गरेर शत्रुको जहाजलाई डुबाएको बताएको छ । 

भारतीय नौसेनाका प्रवक्ताले भने, ‘भारतीय नौसेना जहाजहरूले लामो दूरीको सटीक हमलाहरू प्रदर्शन गर्न सफलतापूर्वक एन्टी–सिप फायरिङहरू गरेको छ ।’ नौसेनाका प्रवक्ताले अभ्याससँग सम्बन्धित केही तस्बिर र भिडियो जारी गरेका छन् । उनले थप लेखेका छन्, ‘भारतीय नौसेना जहाँ पनि, जुनसुकै समय र जुनसुकै तरिकाले देशको हितको रक्षा गर्न तयार छ ।’

यता, प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘मन की बात’ कार्यक्रममा पहलगाममा भएको आतङ्कवादी हमलाको उल्लेख गर्दै पीडितहरूलाई न्याय दिलाउने आश्वासन दिएका छन् ।

मोदीले भने , ‘२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी हमलाले देशका प्रत्येक नागरिकलाई दुःखी बनाएको छ। प्रत्येक भारतीय पीडित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। म फेरि एक पटक पीडित परिवारहरूलाई आश्वस्त पार्छु कि उनीहरूले न्याय पाउनेछन्, न्यायको जित हुनेछ। यस आक्रमणका दोषी र षड्यन्त्रकारीहरूलाई कडा भन्दा कडा जवाफ दिइनेछ ।’

उनले थप भने, ‘पहलगाममा भएको यो आक्रमणले आतंकवादलाई प्रायोजन गर्नेहरूको निराशा देखाउँछ, उनीहरूको कायरता देखाउँछ। भारतका जनताले महसुस गरेको आक्रोश विश्वभर महसुस भइरहेको छ। यो आतङ्कवादी हमलापछि, विश्वभरबाट निरन्तर समवेदना व्यक्त भइरहेका छन् ।’

उनले आतङ्कवाद विरुद्धको लडाइँमा सम्पूर्ण विश्व १४० करोड भारतीयको साथमा उभिएको जिकिर गरे। जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतङ्कवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप