सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

क्यानडामा कारले भिडलाई ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु

आइतबार, १४ वैशाख २०८२, १६ : ३७
आइतबार, १४ वैशाख २०८२

भ्यानकुभर । क्यानडाको भ्यानकुभर सहरमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । यो घटना फिलिपिनो समुदायको लापु डे पर्वको अवसर पारेर शनिबार आयोजित महोत्सवमा भएको हो ।

भ्यानकुभर प्रहरीले घटनामा एक जना स्थानीय ३० वर्षीय पुरुषलाई पक्राउ गरेको जानकारी दिएको छ । यो घटना आतंकवादसँग सम्बन्धित नभएको विश्वास गरिएको प्रहरीको भनाई छ ।

ती व्यक्तिबारे प्रहरी जानकार रहेको बताए पनि भ्यानकुभर प्रहरी प्रमुखले उनको आपराधिक इतिहास रहेकोबारे कुनै टिप्पणी नगर्ने स्पष्ट पारे ।

क्यानडामा सोमबार हुन लागेको आम निर्वाचन अघि यो घटना भएको हो । प्रहरीले यो घटना निर्वाचनसँग सम्बन्धी भए/नभएको बारे अनुसन्धानपछि मात्र थाहा हुने जिकिर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप