सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

मोटरसाइकल  दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, १४ वैशाख २०८२, १६ : ३०
आइतबार, १४ वैशाख २०८२

 बुटवल । अर्घाखाँची मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्। आइतबार अर्घा मन्दिरबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु ६० प ९७८५ नम्बरको  मोटरसाइकल सन्धिखर्क नगरपालिका–१० मा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको वालिङ नगरपालिका–८ का ६० वर्षीय डम्बर बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मोटरसाइकलको पछाडि सबार अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बागी बस्ने २६ वर्षीय सुनिता खड्का घाइते भएकी छन्। उनको हात, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ

दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकले चालक  खत्रीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  मोटरसाइकल अनियन्त्रित भई करिब २५ मिटर तल खसेको थियो । प्रहरीले घटनाबारे  अनुसन्धान सुरु  गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप