सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षक आन्दोलन

घुसपैठ गरेको आरोपमा शिक्षकहरूले कुटे स्कुलका कार्यालय सहयोगी

आइतबार, १४ वैशाख २०८२, १५ : ५५
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । शिक्षक आन्दोलनमा सहभागी हुन आएका कार्यालय सहयोगीलाई शिक्षकहरूले नै कुटपिट गरेका छन् । ‘घुसपैठ’ गरेको आरोपमा बिजुलीबजार स्थित पुल नजिकै आन्दोलनरत शिक्षकहरूले पेम्बु नुर्बु तामाङलाई कपडा समेत च्यातेर कुटपिट गरेका हुन् । तामाङ सिन्धुपाल्चोक स्थित जुगल गापा वडा नम्बर–३ मा रहेको श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् ।

आक्रमणमा परेपछि उनले भनेका छन्, ‘सिन्धुपाल्चोकको बोल्दे आधारभूत विद्यालयमा काम गर्छु ।’  शिक्षकहरूको आन्दोलन जारी छ भनेर प्रदर्शनमा सहभागी हुन आउँदा आक्रमणको शिकार भएको उनले बताएका छन् । प्रहरीले उनलाई उद्धार गरेको छ । अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

तामाङको मुख र कानमा चोट लागेको छ । उनको कपडा पनि शिक्षकहरुले च्यातिदिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप