सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार

आइतबार, १४ वैशाख २०८२, १५ : २१
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । अभिनेत्री ऋचा शर्मामाथि अभद्र टिप्पणी सुरु भएको छ । विभिन्न व्यक्तिले उनलाई सामाजिक सञ्जालमा म्यासेज पठाउँदै अभद्र टिप्पणी गरिरहेका छन् ।

अभिनेत्री सुरक्षा पन्तको विवादमा समर्थन गरेपछि उनी माथि अभद्र टिप्पणी हुन थालेको हो । ऋचाले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुरक्षा पन्तको विवादमा समर्थन जनाएपछि उनीमाथि विभिन्न टिप्पणी हुन थालेको हो ।

‘आजभोलि केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौँ, त्यो सधैँ उनीहरूको पक्षमा हुनुपर्छ । तर, म तिमीलाई सम्झाउन चाहन्छु,’ शर्माले थपेकी छन् ‘ तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठिक कुरा हो । तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ ।’

उनले, कसैलाई मन नपर्ने कुरा भन्नु गलत भन्नु नरहेको भन्दै उनलाई साथ ढाडस दिएकी थिइन् । सामाजिक सञ्जालमा सुरक्षालाई समर्थन गरेपछि ऋचालाई व्यक्तिगत तथा सामाजिक सञ्जालमा विभिन्न अभद्र टिप्पणी भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप