सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ: सिटौला

आइतबार, १४ वैशाख २०८२, १४ : ४१
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्ने बताएका छन् । 

आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरू ठुला दलहरू पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताए । 

उनले दलहरूबिचको मतभेदका कारण शान्ति प्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राखे । 

आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसँग मिलेर शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप