सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहलगाम आक्रमणको अनुसन्धान एनआईएले गर्ने, गृह मन्त्रालयले दियो आदेश

आइतबार, १४ वैशाख २०८२, १४ : ३८
आइतबार, १४ वैशाख २०८२

नयाँ दिल्ली । केन्द्रीय अनुसन्धान एजेन्सी एनआईए (राष्ट्रिय अन्वेषण अभिकरण) ले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको अनुसन्धान आफ्नो हातमा लिएको बताएको छ।

एनआईएले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै गृह मन्त्रालयको आदेशमा यो अनुसन्धान सुरु गरेको बताएको हो। एनआईएका अनुसार आईजी, डीआईजी र एसपीको निरीक्षणमा गठित टोलीले पहलगामको बैसरन उपत्यकामा मंगलबार भएको आक्रमणका प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गरिरहेको छ।

गत मंगलबार पहलगाममा आतंकवादी हमला भएको थियो जसमा २६ जनाको मृत्यु भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप