एपीएफ क्लबले सजिलै हरायो बागमती प्रदेशलाई

काठमाडौँ । विराटनगरमा जारी एमएम कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ । प्रतियोगिताको यो तेस्रो संस्करण हो ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई आठ विकेटले पराजित गरेको हो । बागमती प्रदेशले दिएको ८१ रनको सामान्य लक्ष्य एपीएफ क्लबले ९.४ ओभरमै केवल दुई विकेट गुमाएर पुरा गर्यो ।
एपीएफ क्लबका लागि ओपनर दिपक बोहराले सर्वाधिक ४८ रनको योगदान गरे । उनले अविजित रहँदै ३५ बलमा तीन छक्का र पाँच चौका पनि प्रहार गरे । कप्तान सुमित महर्जनले अविजित १८ रन बनाए । उनले १३ बलमा एक छक्का र दुई चौका प्रहार गरे । बागमती प्रदेशका बलर अशिम श्रेष्ठले दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले १९.३ ओभरमै अलआउट हुनुअघि ८० रनमात्र बनाउन सकेको थियो । बागमती प्रदेशका लागि कप्तान रित गौतमले सर्वाधिक ३१ रन बनाए । बिवेक रानामगरले १३ र उत्तम थापामगरले १० रन जोडे ।
बागमती प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफ क्लबका बलर प्रकाश जैसीले चार विकेट लिए । उनले पाँच ओभरमा एक मेडन गर्दै ३५ रन खर्चिए । देब्रे हाते स्पिनर अभिषेश गौतमले तीन विकेट लिए । भोजराज भट्टले पनि दुई विकेट हात पारे ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा एपीएफ क्लब त्रिभुवन आर्मी क्लबसँग दुई विकेटले पराजित भएको थियो । समूह ’ए’ को अन्तिम खेलमा सोमबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुनेछ ।
उक्त खेलमा विजयी भए आर्मी क्लब समूह विजेताका रुपमा फाइनल प्रवेश गर्नेछ । यदि बागमती प्रदेशले आर्मी क्लबलाई पराजित गरे अगाडि बढ्ने टोलीको टुंगो नेट रन रेटका आधारमा लगाइने छ ।
प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले पनि चार हजार रुपैयाँ पुरस्कार पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’