प्रतिनिधिसभामा पहलगाम हमलाको विरोध
_JMSGBwxsQY.jpg)
काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरूले गत मङ्गलवार छिमेकी मुलुक भारतको जम्मू–कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको हमलाको विरोध गरेका हुन् । बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्दै सांसदहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा मङ्गलवार भएको चरमपन्थी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरे । सांसद ठाकुरप्रसाद गैरेले पनि भारतको जम्मू–कश्मीरमा आतङ्ककारीको हमलामा परी २६ जनाको निधन भएको घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरे । सांसद रामकृष्ण यादवले पनि पहलगाम घटनाको अनुसन्धान गरी संलग्नमाथि कारबाही गर्न माग गरे ।
सांसद किरणकुमार साहले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा धर्मका आधारमा पर्यटकमाथि आक्रमण गरिनु निन्दनीय रहेको बताए । आतङ्कवादी क्रियाकलाप जहिले पनि जुनकुनै स्थानमा हुने भएकाले त्यस्ता गतिविधि नियन्त्रणसम्बन्धी सरकारको रणनीति के हो जानकारी गराउन माग समेत गरे ।
सांसद अनिता देवीले भारतको जम्मू–कश्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा एक नेपालीसहित दर्जनौँ पर्यटकको मृत्यु भएको घटनाको निन्दा गरिन् । उनले आतङ्कवादी गतिविधि निर्मूल पार्न विश्व समुदाय एक हुनुपर्ने बताइन् ।
सांसद ज्वालाकुमारी साहले भारतको जम्मू–कश्मीरस्थित पहलगाम र काठमाडौँको तीनकुनेमा भएको घटना घटनाको भर्त्सना गर्दै त्यस्ता गतिविधि स्वीकार्य नहुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’