इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या १८ पुग्यो
आइतबार, १४ वैशाख २०८२, १४ : १५

काठमाडौँ । दक्षिणी इरानको बान्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने ८०० जनाभन्दा बढी घाइते भएको प्रशासनले जानकारी दिएको छ ।
यो विस्फोट शनिबार बिहान भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू समेत फुटेका थिए ।
घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ । शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यापारिक बन्दरगाह हो ।
विस्फोट के कारणले भयो भनेर अझै खुलेको छैन । सरकारकी प्रवक्ता, फातेमा मोहजेरानीले यसको कारण पत्ता लगाउन केही समय लाग्ने बताइन् ।
उनले भनिन्, ‘हालसम्म बन्दरगाहको कुनामा राखिएका कन्टेनरहरू विस्फोट भएको पत्ता लागेको छ । यसमा रहेका सम्भावित रसायनहरू विस्फोट भएको हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’