सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह

आइतबार, १४ वैशाख २०८२, १३ : ५४
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले लिएको परीक्षामा फेल भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १० महिनासम्म सुशासन दिन असफल भएका प्रधानमन्त्रीले हाल आएर आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गर्नु हास्यास्पद भएको बताए । ‘सुशासन आयोगको औचित्य के हो ? आयोग केका लागि हो ? हाम्रो सरकारी संयन्त्रहरू फेल भइसक्यो ?’, उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीजीको नेतृत्वमा ५१ वटा निकाय छ, त्यो निकायले के काम गर्‍यो हामी जान्न चाहन्छौँ । यदि हाम्रो संयन्त्रहरू विश्वास छैन भने किन त्यसलाई राख्ने ?’ 

उनले जसले सम्पत्ति विवरणसमेत सार्वजनिक गर्दैन, उसकै नेतृत्वमा सुशासन आयोग बनाइनु हास्यास्पद भएको समेत बताए । उनले ओलीको कार्यशैलीकै कारण सडकमा प्रदर्शनहरू बढिरहेको समेत बताए । 

उनले राजतन्त्रमा पनि शाही आयोग भएको स्मरण गर्दै भने, ‘अहिलेको आयोगको औचित्य के हो ? त्यसले गर्ने निर्णय के हो ? आज जनतालाई झुक्याउने र गुमराहमा बनाउने खेल हामीलाई स्वीकार्य छैन ।’

उनले उनले सुशासन र काम गर्न नसकेपछि के गर्ने भन्ने सवाल हालै राजीनामा दिएकी विद्या भट्टराईसँग सिक्न समेत सुझाव दिए । उनले भने, ‘विद्या भट्टराईले आफूले गर्न नसकेपछि जिम्मेवारी छाड्नु भयो, तपाईंपनि त्यसै गर्नुस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप