उमा कुङ्फु संघले मनायो विश्व ताइची तथा छिकुङ दिवस

काठमाडौँ । नेपाल उमा कुङ्फु संघले विभिन्न कार्यक्रम गरी नेपालमा पनि विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । शंखपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता उसुका आङबाबु लामा र अन्य सहभागीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।
सागका स्वर्ण पदक विजेता आङबाबुसँगै उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राई, उपाधयक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्र गुरुङलगायतले कार्यक्रममा ताइची तथा छिकुङको महत्वबारे प्रकाश पारेका थिए ।
सोही अवसरमा उमा कुङफु संघले लामो समयदेखि यो खेलमा सक्रिय श्यामप्रसाद गौतमको अध्यक्षतामा नौ सदस्यीय शंखपार्क ताइची तथा छिकुङ शाखा पनि गठन गरेको छ । संघले करिब पाँच दशकदेखि यो खेलमा कृयाशिल उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठलाई पनि सम्मान गर्यो ।
नेपाल ताइची क्वान महासंघका अध्यक्ष कर्मा लामा, अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, उपाध्यक्ष रमेश महर्जनलगायतले मुख्य प्रशिक्षक श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा दुई सयभन्दा बढीको सहभागिता रहेको संघले जनाएको छ ।
‘एकै विश्व, एकै स्वाश’ भन्ने नारासहित १९९९ देखि विश्वका विभिन्न देशमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विगत २० वर्षदेखि विविध कार्यक्रम गरी दिवस मनाउन थालिएको जानकारी उपाध्यक्ष गुरुङले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा