आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

तितेकरेलामा भेटियो विषादी

आइतबार, १४ वैशाख २०८२, १३ : ३४
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

चितवनबाट बिक्रीका लागि ल्याइएको उक्त करेलामा ७५ प्रतिशत मात्रामा अगार्नोफस्फेट नामक विषादी पाइएको समितिले जनाएको छ ।

समितिका अनुसार आइतबार कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका १७ तरकारीको विषादी परीक्षण गरिएको थियो । त्यसमध्ये तितेकरेला उक्त विषादीको मात्रा बढी भएको पाइएको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप