बझाङमा एक महिलाको शव फेला
आइतबार, १४ वैशाख २०८२, १३ : २३

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–५, छात्रबस्तीस्थित नानीगाडको किनारमा एक महिलाको शव फेला परेको छ। शव सोही स्थानकी २५ वर्षीया आशादेवी थापाको भएको पुष्टि भएको छ।
थापा घरमा कसैलाई जानकारी नदिई अचानक निस्किएकी थिइन्। परिवारजनले खोजतलास गर्दा आज बिहान नानीगाडको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घटनास्थलमा प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा विशेष अनुसन्धान टोलीसहितको प्रहरी टोली परिचालन गरिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’