सांसद राई पक्राउ परेको सदनलाई जानकारी
आइतबार, १४ वैशाख २०८२, १३ : १८
_IsvmTEa7Dl.jpg)
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी सदनमा गराइएको छ । प्रतिनिधिसभाको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानामगरले सांसद राई पक्राउ परेको जानकारी गराएकी हुन् ।
सांसद राईलाई काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार साँझ उनकै निवासबाट पक्राउ गरेको थियो । उनी आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ सम्म सहकारीको सञ्चालक समितिमा थिइन् ।
सांसद राई पक्राउ परेको जानकारी सभामुखले संसद्लाई गराए पनि तत्काल उनको सांसद पद भने निलम्बन हुने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
-
बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक