पुरुष मृत्यु प्रकरण
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
आइतबार, १४ वैशाख २०८२, १३ : ०८

काठमाडौँ । ललितपुरको बडीखेलस्थित रिह्याबमा सेन्टरमा राखिएका एकजना पुरुषको मृत्यु भएको घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गएराति विश्वास नेपाल रिह्याब सेन्टरमा राखिएको सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएको हो ।
घटना अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा रिह्याब सञ्चालक गोदावरी नगरपालिका–१२ घर भएर तीनकुने बस्ने ४५ वर्षीय सुजन महर्जन, कर्मचारीहरुहरु ३४ वर्षीय भाष्कर बुढाथोकी र ४५ वर्षीय अनुज नेपाल छन् ।
मृतकको शव पोष्टमार्टका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी प्रभाग बाँडेगाउँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ