आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
संसद् बैठक

बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्‍यो : माओवादी केन्द्र

आइतबार, १४ वैशाख २०८२, १३ : ०६
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बोल्दा निरङ्कुश सरकारको नेतृत्वले आफ्नै मन्त्रीलाई बर्खास्त गरेको बताएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सांसद माधव सापकोटाले कानुन मिच्ने, संविधान मिच्ने जथाभावी गर्ने काम गरिरहेको बताएका हुन् ।

 ‘वर्तमान सरकारले आएको दिनदेखि कुलमान घिसिङलाई झम्टनुभयो । हुँदाहुँदा त्यसको पराकाष्ठा त अहिले आफ्नै मन्त्रीलाई बर्खास्त गर्नुभयो,’ सापकोटाले भने, ‘बोल्न नपाइने निरंकुशता तपाईँहरूसँग जे छ, एकपछि अर्को मनलाग्दी गर्ने, कानुन मिच्ने, संविधान मिच्ने जथाभाबी गर्ने काम सरकारले गरेको छ ।’ केही दिनअघि प्रधानमन्त्री केपी ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका थिए । 

वर्तमान सरकार आएपछि कर्पोरेट हाउससँग नाजायज प्रकारको सम्झौता गरी राजनीतिक नियुक्ति गर्दा योग्य सक्षम दक्ष प्रकारको पात्रलाई छनोट गर्न नगरी स्वार्थ केन्द्रित व्यक्तिलाई नियुक्ति गरेको आरोप लगाए ।

उनले आफूहरूले सरकार ढल्छ भन्ने भनाइ राख्न छोड्ने गरी भटाभट आफूहरूका मुखमा बिर्को लाग्नेगरी काम गर्न आग्रह गरे । ‘सत्तारुढ दलका माननीयज्यूले भन्नुभयो, सरकार आज ढल्छ, भोलि ढल्छ, यो भ्रम सृजना नगरियोस् । संविधान संशोधन गर्ने, राष्ट्रलाई अरू डेलिभरी दिन्छौँ भनेर दुई ठूला पार्टी मिलेर आउनु भएको हो,’ सापकोटाले भने, ‘भटाभट हाम्रा मुखमा बिर्को लाग्ने गरी काम गर्नुस् न, के ले रोकेको छ तपाईंहरूलाई ।’

सरकारले एकपछि अर्को कानुन र संविधानलाई उल्लंघन गरेको आरोप सापकोटाको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप