आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

आइतबार, १४ वैशाख २०८२, १२ : ५१
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ ।  अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । काठमाडौँ, कैलाली, सुनसरी लगायतका जिल्लाबाट ११ जना पक्राउ परेका हुन् । 

काठमाडौँको महानगरपालिका–६ सिमलटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १४ एम्पुल, फेनारगन ३ सय ८ एम्पुल, नुर्फिन ३ सय १० एम्पुल, मोबाइल २ थान र नगद ५९ हजार ७ सय ५० रुपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३५ वर्षीय जीवन प्रधान र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने ३५ वर्षीय अकुंश तामाङ रहेका छन् । प्रहरी वृत्त महाराजगन्ज, प्रहरी वृत्त बौद्ध र प्रहरी

प्रभाग कपनबाट खटिएको संयुक्त टोलीले जीवनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–३ शिशा पोस्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित गोदावरी नगरपालिका–२ बस्ने २७ वर्षीय सागर चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता सुनसरीको धरान उपमहानगरपालिका–१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २३ वर्षीया सीमा राई समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट

खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० गौरीमार्गबाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ४० ट्याब्लेटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने २० वर्षीया एलिसा बुढाथोकी मगर र सोही ठाउँ बस्ने तनहुँ घर भएका १९ वर्षीय सुसान परियार रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले एलिसालाई ३३ ट्याब्लेट र सुसानलाई ७

ट्याब्लेट उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उता, झापाको बिर्तामोड नगरपालिका–४ बाट अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थ करिब ५८ ग्राम ५ मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय रवि दास र बिर्तामोड नगरपालिका–३ बस्ने पाँचथर हिलिहाङ गाउँपालिका–१ घर भएका ३४ वर्षीय सन्तोष लिम्बु रहेका छन् । प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले रविको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै

जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित भैरहवा विद्युत् अफिस नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित सिद्धार्थनगर नगरपालिका–१ रानीगाउँ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–५ डाईभरटोल घर भएका ३५ वर्षीय हिरालाल पासीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु–१८ प ४१२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

उता बागलुङको ढोरपाटन नगरपालिका–१ रिभरहेडस्थित मिना खाजा घरबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ सय ६० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिपलभ थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा काउन्टरमा लुकाई छिपाई राखेको उक्त गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप