आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ

आइतबार, १४ वैशाख २०८२, १२ : ४६
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । सर्लाहीबाट प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह छन् । आइतबार बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई मलंगवा नगपालिका–६ बाट पक्राउ गरेको हो । 

भारतीय नम्बरको मोटरसाइकलमा उनी स्रोत नखुलेको नेपाली रुपैयाँ लिएर भातरबाट नेपालतर्फ आएका हुन् । उनको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप