आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

आइतबार, १४ वैशाख २०८२, १२ : ३६
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गम्भीरलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिल्ली प्रहरीले दिएको हो । 

पक्राउ पर्ने व्यक्ति गुजरात निवासी २१ वर्षीय जिग्नेशसिंह परमार भएको प्रहरीले जनाएको छ । परमार इन्जिनियरिङको विद्यार्थी भएको पनि समाचारमा जनाइएको छ । उनले नै ई–मेलमार्फत प्रशिक्षक गम्भीरलाई ज्यान मार्ने धम्की दिएका थिए ।

परमारसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । परमारको परिवारले भने उनी मानसिक रुपमा अस्वस्थ्य रहेको बताएका छन् । ‘परमारले प्रशिक्षक गम्भीरलाई त्यस्तो धम्की किन दिए भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ प्रहरीले भनेको छ । 

आफ्नो समयका प्रभावशाली खेलाडीसमेत रहेका गम्भीरले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै गत बुधबार प्रहरीमा जाहेरी दर्ता गराएका थिए । पहलगाममा भएको आतंकवादी आक्रमणपछि गमभीरले उक्त घटनाको चर्को शब्दमा आलोचना गरेका थिए ।

सोही कारणले आफूलाई ज्यान मार्ने धम्की दिइएको हुनसक्ने अनुमान गम्भीरले गरेका थिए । गम्भीरले प्रहरीसँग आफू र आफ्नो परिवारका लागि सुरक्षाको माग पनि गरेका थिए । गम्भीरकै प्रशिक्षकत्वमा भारतले केही समयअघि आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप