आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
अशान्त बन्यो शिक्षक आन्दोलन, तस्बिरहरू
शिक्षक आन्दोलन

अशान्त बन्यो शिक्षक आन्दोलन, तस्बिरहरू

आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्ण रुपमा आयोजना हुँदै आएको शिक्षकहरुको आन्दोलन आइतबार अशान्त बनेको छ । शिक्षकहरूको आन्दोलनका क्रममा आइतबार प्रहरीसँग झडप भएको हो । 

teacher protest (1)

नेपाल शिक्षक महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । आन्दोलन चलेको पनि २५ दिन नाघेको छ । 

teacher protest (2)

यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । 

teacher protest (3)

बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ । शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । 

teacher protest (4)teacher protest (5)teacher protest (6)teacher protest (7)teacher protest (8)teacher protest (9)teacher protest (10)teacher protest (11)teacher protest (12)teacher protest (13)teacher protest (14)teacher protest (15)teacher protest (16)teacher protest (17)teacher protest (18)teacher protest (19)teacher protest (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया