आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आइतबार, १४ वैशाख २०८२, १२ : ३०
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।  काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा ना.६ ख ५१०० नम्बरको टिपर र प्र.३–०२–००६ प ००९६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक गोकर्णेश्वर नगरपालिका–४ तालिञ्चोक बस्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–७ घर भएका २३ वर्षीय पासाङ शेर्पाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  कास्कीको पोखरा महानगरपालिका–३० माथिल्लो गगनगौडास्थित सडकमा तनहुँबाट पोखरातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय सुरज शाहीको शनिबार दिउँसो मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै चितवनको रत्ननगर नगरपालिका–३ स्थित सडकमा बा.प्र.०३–००१ ख १२७७ नम्बरको ट्रकले ग.एएए ८४४२ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगर नगरपालिका–४ देबौली बस्ने १९ वर्षीय डेबिट दराईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बेलनदीस्थित सडकमा रा. १ ख २३ ४२ नम्बरको बसले लु. ७९ प ११३३ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–११ नयाँ बस्ती बस्ने ४९ वर्षीय रूकमाग शर्माको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रूपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ भैयाटोलस्थित सडकमा भैयाटोलबाट प्रिप्रहियातर्फ जाँदै गरेको लु–३५ प ४३२३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया सुधा त्रिपाठीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा

गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप