आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

मेटालाई बन्द गर्ने चेतावनी नदिइ समाधानको बाटो खोज्न सरकारलाई आग्रह

आइतबार, १४ वैशाख २०८२, ११ : ४०
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले मेटालाई ७ दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिएर समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्जनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताए । 

उनले मेटा नेपालमा दर्ता हुनुपर्ने बताए । तर, सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।  केही दिन अघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप