आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ

आइतबार, १४ वैशाख २०८२, ११ : २५
आइतबार, १४ वैशाख २०८२

दाङ ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ पुकारपसल घर भई तुलसीपुर  ६ बरुवगाउँ बस्दै आएका ४२ वर्षीय विरबहादुर गुरुङ पक्राउ परेका हुन् । 

उनमाथि २० वर्ष अघि आफ्नै ससुराको हत्या गरेको अभियोग लागेका छ । २०६२ साउन १४ गते राति ८ बजेतिर तुलसीपुरको अस्वारा घर भई तुलसीपुर ५ नयाँबसपार्कमा तरकारी पसल गरी बस्ने आफ्नै ससुरा ३५ वर्षीय काशीराम विकलाई हत्या गरेको अभियोग उनीमाथि रहेको प्रहरीले बताएको छ । हत्या पछि फरार रहेका विक लुकिछिपी भारत भागेका थिए ।  त्यसपछि केही समयमा घर आएका उनी तुलसीपुर १२ टरिगाउँमा लुकीछिपी बस्दै आएका थिए । सोही क्रममा शुक्रबार पक्राउ गरिएको हो ।  

हत्याको दिन गुरुङ ससुराको घर गएका थिए । सोही क्रममा काशीराम र उनको  कान्छी श्रीमती शोभा विकबिच खाना खाने क्रममा विवाद भयो । विवाद पश्चात् घरमा पाहुना गएका गुरुङले ससुरालाई खुट्टा र हातले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको थियो । गुरुङ नसाको तालमा रहेको समेत प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप