‘ऊनको स्वीटर साँझ’मा सुजनले दिए प्रस्तुति

काठमाडौँ । वैशाख २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’का कलाकारहरू प्रचार–प्रसारमा होमिएका छन् ।
जसअनुसार पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
स्थानीय हल्लनचोकमा आयोजित कार्यक्रममा चापागाईँले दर्शकबिच फिल्मका गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ लगायतका प्रत्यक्ष गाए । कार्यक्रममा झलकमानको परिवार र सारङ्गी पाठशालालाई सम्मानसमेत गरिएको थियो ।
यस्तै सो क्रममा पाठशालाका बालकलाकारहरूले सारङ्गी वादन प्रस्तुत गर्दै दर्शकको मन जिते ।
कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री लगायतको पनि सहभागिता थियो ।
कार्यक्रममा फिल्मका तीन नयाँ पोस्टरहरू समेत सार्वजनिक गरिएको थियो । यस्तै अभिनेता विपिन कार्कीले दर्शकलाई सम्बोधन गर्दै फिल्म मौलिक बनेको बताए ।
कलाकार माओत्से गुरुङले आफू सधैँ राम्रो ब्यानरको फिल्ममा काम गर्न चाहने बताउँदै आर्टमान्डूको अफर सजिलै स्वीकारेको उल्लेख गरे ।
निर्देशक नवीन चौहानले आर्टमान्डूका गीतहरूले जस्तै फिल्मले पनि दर्शकलाई सन्तुष्टि दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा फिल्मका कलाकार एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’को अर्को कार्यक्रममा वैशाख १८ गते धरानमा हुँदैछ ।
‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक फिल्म भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार
-
कांग्रेस सह-महामन्त्रीका छोरालाई नियन्त्रणमा लिइएको भन्ने समाचारमा सत्यता छैन : प्रहरी
-
भ्यान इनारमा खस्दा १० जनाको मृत्यु
-
कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु
-
तीनकुने घटना : राज्यविरुद्ध कसुरमा २४ जनालाई थप सात दिन म्याद थप
-
घाइते पत्रकार कार्कीको निःशुल्क उपचार गरी दोषीमाथि कारबाही गरियोस् – प्रेस सेन्टर