आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादी बुटवल अध्यक्षमा गुरुङ

आइतबार, १४ वैशाख २०८२, ११ : ०३
आइतबार, १४ वैशाख २०८२

बुटवल । नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगरपालिकाको अध्यक्षमा चीनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

पालिका अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 

अधिवेशनबाट उपाध्यक्षमा इन्द्र राई, सचिवमा भीम बहादुर क्षेत्री, उपसचिवद्वयमा शेरजंग गुरुङ (ईश्वर) र शिवकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचितहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शुभकामना दिँदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरेका छन् ।

उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको  उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप