आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

सीसी क्यामराले खोलिदियो पतिको अफेयरको पोल

आइतबार, १४ वैशाख २०८२, १० : ४२
आइतबार, १४ वैशाख २०८२

बेइजिङ । चीनमा एउटा अनौठो घटना घटेको छ । एउटा परिवारले हिडन (गोप्य) क्यामरा लगाएको थियो । तर मामिला अदालतसम्मै पुग्यो । 

चीनको ठाउँ नखुलाइएको एक महिलाले आफू र आफ्ना सन्तानका सुरक्षाका लागि घरभित्र एउटा हिडन क्यामरा जडान गरेकी थिइन् । घरमा हुन सक्ने चोरी र बालबच्चाका साथमा कुनै दुर्घटना रेकर्ड गर्न सकियोस् भनेर महिलाले सो क्यामरा लगाएकी थिइन् । तर केही दिनपछि महिलाले क्यामराको फुटेज चेक गरिन् । फुटेजमा जे थियो, त्यो देखेर उनी हैरान भइन् । 

यो फुटेजमा महिलाको पति र उनीहरू बसिरहेको फ्ल्याटको मालिक्नी एकै ठाउँमा थिए । फुटेज हेर्दा ती दुईबिच अफेयर चलिरहेको स्पष्टै देखिन्थ्यो । त्यसपछि महिलाले फुटेज सामाजिक सञ्जालमा पोस्ट गरिदिइन् । त्यसपछि उनको पति र स्थानीय प्रशासनले महिलालाई क्यामरा हटाउन भने ।

 तर महिलाले मानिनन् । यो मामिला अदालतसम्मै पुग्यो । अदालतले गोपनीयतालाई विचार गरेर महिलाले क्यामरा हटाउनु पर्ने फैसला सुनायो । यो मामिला इन्टरनेटमा भाइरल भइरहेको छ । तर कतिपयले रेकर्डिङ  सामाजिक सञ्जालमा पोस्ट गरेकोमा महिलाको आलोचना पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप