आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

को हुन् प्यालेष्टाइनका नयाँ उपराष्ट्रपति ?

आइतबार, १४ वैशाख २०८२, १० : ३७
आइतबार, १४ वैशाख २०८२

जेरुसेलम । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले हुसेन अल–शेखलाई उपराष्ट्रपति नियुक्त गरेका छन् । प्यालेस्टिनी राष्ट्रपतिले आफ्नो उत्तराधिकारी नियुक्त गरेको यो पहिलो पटक हो ।

यसअघि राष्ट्रपति अब्बासले उत्तराधिकारीको नियुक्तिको विरोध गर्दै आएका थिए । प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ)को बैठकमा राष्ट्रपति अब्बासले उपराष्ट्रपति पदका लागि हुसेन अल–शेखको नाम अनुमोदन गरेका छन् । बैठकमा हुसेन अल शेखको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । 

हुसेन अल–शेख प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ)का एक वरिष्ठ नेता हुन् । १९६० मा जन्मिएका शेखले प्यालेस्टिनीहरूको अधिकारका लागि व्यापक रूपमा काम गरेका छन् भने उनलाई निकै व्यावहारिक मानिन्छ । 

इजरायलसँग उनको केही सम्बन्ध पनि रहेको बताइएको छ । १९७८–८९ को बीचमा इजरायली कब्जाको विरोध गरेकोले शेख जेल पनि गएका थिए । उनले इजरायली सरकारसँग सम्पर्क गर्न प्यालेस्टिनी तर्फबाट दूतको रूपमा पनि काम गरेका छन् । विश्व नेताहरूले प्यालेस्टिनी राष्ट्रपतिलाई भेट्दा हरेक भेटमा हुसेन अल शेख उनका दूत रहेका छन् । उनको नियुक्तिपछि अन्तर्राष्ट्रिय स्तरमा प्यालेस्टाइन नेतृत्वको विश्वास बढ्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप