भारत छाडेर लन्डनमा किन सिफ्ट भए विराट–अनुष्का ?

लन्डन । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा लन्डन सिफ्ट भएका छन् । भारत छाडेर यो जोडी लन्डन बस्न थालेको समाचारमा उल्लेख छ ।
केही महिना पहिले अभिनेत्री माधुरी दीक्षितको पति डाक्टर श्रीराम नेनेले आफ्नो युट्युब च्यानलमा रणवीर इलाहाबादियालाई बोलाएका थिए । शोमा दुबैले विराटप्रति आफ्नो निकटताबारे कुराकानी गरेका थिए । यति नै बेला डाक्टर नेनेले आफूले एक दिन अनुकष्कासँग कुराकानी गरेको र यसबाट दम्पत्तिबारे केही रोचक कुरा थाहा भएको बताएका थिए ।
‘उनीहरू लन्डनमा सिफ्ट हुनेबारे सोचिरहेका थिए, किनकि यहाँ उनीहरूले आफ्नो सक्सेस इन्जोय गर्न पाइरहेका थिएनन् । हामी उनीहरूको कुराको सराहना गर्छ, किनकि उनीहरू जे पनि गर्छन् यसबाट अटेन्शन पाउँछन्,’ नेनेले भनेका थिए ।
कुराकानीका क्रममा नेनेले यो पनि भनेका थिए कि कोहली दम्पतीले आफ्ना सन्तानलाई ग्लेमरको दुनियाँबाट पर सामान्य ढंगले हुर्काउन चाहेको र लन्डन सिफ्ट हुनुको उनीहरूको उद्देश्य यही भएको बताएका थिए । अनुष्का र विराटको बिहे २०१७ को डिसेम्बरमा भएको थियो । उनीहरूको दुई सन्तान छन्– छोरी वामिका र छोरा अकाय ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको वार्षिकोत्सवमा ‘एक थान’ गभर्नरको खोजी, सहभागी भएनन् यी प्रत्यासी
-
हवाई सेवा विधेयकमाथि प्रारम्भिक स्वीकृति, मन्त्री पाण्डे भन्छन्, ‘क्यान टुक्र्याउन मात्रै विधेयक ल्याएको होइन’
-
विज्ञहरू भन्छन् – स्वाधीनता रक्षाका लागि नयाँ लडाइँ लड्नुपर्ने आवश्यकता भयो
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद