न्युक्यासलसँग हारेसँगै रेलिगेसनमा पर्यो ईप्सविच

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजनबाट रेलिगेसनमा पर्ने (तल्लो डिभिजनमा झर्ने) तीनवटै टोलीको टुंगो लागेको छ । ईप्सविच टाउन रेलिगेसनमा पर्ने तेस्रो टोली बनेको हो । लेस्टर सिटी र साउटएम्पटन यसअघि नै रेलिगेसनमा परिसकेका छन् ।
न्युक्यासल युनाइटेडले शनिबार राति खेलिएको खेलमा ईप्सविच टाउनलाई ३–० गोलको फराकिलो अन्तरले हरायो । घरेलु मैदानमा खेलिएको खेलमा न्युक्यासल युनाइटेडले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थियो ।
पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा एलेक्जेन्डर इसाकले न्युक्यासल युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । निर्धारित समयको ५६औँ मिनेटमा डन बर्नले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
एकपक्षीय खेलको ८०औँ मिनेटमा न्युक्यासल युनाइटेडका लागि विलियम ओसुलाले तेस्रो गोल थपेका थिए । निर्धारित सयमको ३७औँ मिनेटमै ईप्सविच टाउन १० खेलाडीमा समेटिएको थियो । ईप्सविच टाउनका बेन जोन्सन सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
जितपछि न्युक्यासल युनाइटेडले भने सिधै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । ३४ खेल खेलेको न्युक्यासल युनाइटेड ६७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । ३३ खेल खेलेको लिभरपुल ७९ अंकसहित पहिलो र ३४ खेल खेलेको आर्सनल ६७ अंकसहित दोस्रो स्थानमा आसीन छन् ।
ईप्सविच टाउनले भने ३४ खेलबाट २१ अंक बटुलेको छ । ईप्सविच टाउन तालिकाको १८औँ स्थानमा आसीन छ । ३४ खेलबाट ३६ अंक जोडेको वेस्ट हाम १७औँ स्थानमा छ । अब ईप्सविच टाउनले चार खेल खेल्न बाँकी छ । सबै खेलमा विजयी भए पनि ईप्सविचले वेस्ट हामलाई उछिन्न सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातातीर्थ औँसीको अवसर पारेर स्मिता दाहालले ल्याइन् ‘आमा’ गीत
-
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
-
राष्ट्र बैंकको वार्षिकोत्सवमा ‘एक थान’ गभर्नरको खोजी, सहभागी भएनन् यी प्रत्यासी
-
हवाई सेवा विधेयकमाथि प्रारम्भिक स्वीकृति, मन्त्री पाण्डे भन्छन्, ‘क्यान टुक्र्याउन मात्रै विधेयक ल्याएको होइन’
-
विज्ञहरू भन्छन् – स्वाधीनता रक्षाका लागि नयाँ लडाइँ लड्नुपर्ने आवश्यकता भयो
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा