१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
_XZbwb26T0m.jpg)
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. बालुवाटारमा ओली प्रचण्ड भेटवार्ता
प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
२. पहलगाम हमला
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् ।
३. पूर्वराजा ज्ञानेन्द्रद्वरा श्रद्धाञ्जली व्यक्त
पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु काश्मिरस्थित पहलगाम आक्रमणमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार पूर्वराजा शाहले सो घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका उनको संवाद सचिवालय एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
४. विरोध प्रदर्शन
भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौँमा प्रदर्शन गरिएको छ ।
५. राजेन्द्र लिङ्देनको पुत्ला दहन
भाटभटेनी लुटपाट काण्डमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको चरित्र हत्या गरिएको भन्दै नेपाल तरुण दल सिरहाले शनिबार गोलबजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाएका छन् ।
६. प्रचण्डको आरोप
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको आरोप लगाएका छन् ।
७. एमाले संसदीय दल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा बोल्नुपर्ने विषयहरूका बारेमा आफ्ना सांसदहरूलाई विभिन्न निर्देशन दिएका छन् । शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले आफ्ना सांसदहरू संसद्मा कसरी प्रस्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराएका हुन् ।
८. प्रथम नेपाली महिला
रातोपाटी डटकमको प्रस्तुति ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १८ औँ एपिसोड पुण्यप्रभा ढुङ्गानाका सम्बन्धमा छ । पुण्यप्रभा ढुंगाना ‘यथा नाम तथा गुण’ भएकी व्यक्तित्वको नाम हो । ‘अखिल नेपाल महिला सङ्घ’ की जन्मदातृ तथा संस्थापक अध्यक्ष हुन् उनी ।
९. पहिलो प्रस्रव
साहित्यकार उषा शेरचनले २०३४/३५ सालतिर पीएन क्याम्पसमा पढ्थिन् । उनका मामाका छोरा विनोद गौचनले पनि त्यहीँ पढ्थे । उनै विनोद गौचन, जसले पछि ‘जति माया लाए पनि, जति कसम खाए पनि’, तगारोमा रुमाल राखी’ जस्ता कालजयी गीत लेखेर अस्ताए ।
१०. ललितपुरले एनएसएलको उपाधि जित्दा...
तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटीले जितेको छ । शनिबार दशरथ रंगशालामा पोखरा थन्डर्समाथि ललितपुरले २–१ गोलको जित निकालेको हो ।
११. केबलकार विवाद
ताप्लेजुङको पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्री खगेनसिंह हाङ्गामबिच विवाद देखिएको छ ।
१२. मर्ज गर्दै सरकार
सहकारी विभाग र राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्र मर्जरमा जाने भएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि कामविहीन बनेको विभागअन्तर्गत प्रशिक्षण केन्द्रलाई ल्याउन लागिएको हो ।
यो पनि,
शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
-
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
-
‘रक्सी चोर को ?’ भन्दै संसद्मा जुहारी
-
बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह
-
ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ