अपडेट
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
शनिबार, १३ वैशाख २०८२, २३ : ३२

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार राति भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
बाहिर फेरि सरकार परिवर्तनबारे चर्चा चलिरहेका बेला सत्ताधारी दुई ठूला घटकका शीर्ष नेताहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटवार्तामा दुबै शीर्ष नेताले बाहिर चलाइएका हल्ला गलत र निराधार भएको बताएको उपप्रधान तथा अर्थमन्त्री पौडेलले जानकारी दिए । भेटवार्ताका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादमा अक्षयको चलचित्र, चोरीको आरोप
-
जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने, ‘पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन्’
-
नेपाल–भारत ऊर्जा व्यापार : भारतीय बजार नेपालमा आइपुग्यो, नेपालसँग छैन उत्पादन
-
३३ औँ उपाधिबाट एक जित टाढा बायर्न
-
५ गोलको थ्रिलरमा रियललाई हराउँदै बार्सालाई कोपा डेल रे
-
आज कति पुग्यो डलरको मूल्य ?