आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
ललितपुरले एनएसएलको उपाधि जित्दा जे देखियो...
एनएसएल

ललितपुरले एनएसएलको उपाधि जित्दा जे देखियो...

शनिबार, १३ वैशाख २०८२

काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ ।

NSL Final (3)

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

NSL Final (2)

ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त गर्‍यो भने पोखराले रु ३० लाख पायो ।

NSL drone shot (2)

ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औँ मिनेटमा अग्रता बनायो । उसका लागि इमोह इजाकियलको गोल गरे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता बनायो ।

goal celebration (2)

खेलको ६४औँ मिनेटमा भने सुदील राइले पोखरालाई खेलमा फर्काए । स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाएका थिए तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे । 

goal celebration (6)

त्यसपछि खेलको ७४औंँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गरे । ललितपुर प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो ।

goal celebration (3)

ललितपुरले लिग चरणको सुरूआतमा काठमाडौंँसँग २–२ को बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि ३–२ को जित निकाल्यो । धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २–१, बुटवलविरुद्ध २–० को जित र झापासँग १–१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रह्यो ।

NSL Final (4)

यस्तै, ३ जित र ३ बराबरीसहित १२ अङ्क जोड्दै ललितपुरले अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो  । ललितपुरले धनगढीलाई २–१ ले हराउदै फाइनल यात्रा तय गरेको थियो ।

NSL Final (5)

पोखराले लिग चरणको सुरुआत चितवनसँग २–० को हारबाट गरेको थियो । त्यसपछि ललितपुरसँग ३–२ ले पराजित भयो । काठमाडौँमाथि २–० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १–१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २–० को जित निकालेको थियो । २ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अङ्क जोड्दै गोलअन्तरको आधारमा काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुग्ने चौँथो टोली बनेको थियो । 

NSL Final (6)

इलोमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३–० को जित निकाल्यो ।  दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगितामा फेयर प्लेको उपाधि झापा एफसीले जित्यो । त्यस्तै, इमर्जिङ प्लेयरका लागि ललितपुरका सन्तोष खत्रीले १ लाख रुपैयाँ हात पारे । 

winners (4)

ललितपुरकै मनिकुमार लामा मस्ट इनर्जेटिक प्लेयर बने । उनले पनि १ लाख रुपैयाँ नै पाए । पोखराका येभस प्रिसो उत्कृष्ट गोलकिपर घोषित भए । उनले १ लाख ५० हजार पाए ।

winners (7)

५ गाेल गरेका धनगढीका अहमद हिजाजीले उच्च गोलकर्ता बन्दै १ लाख ५० हजार रुपैयाँ पाए ।

winners (9)

प्रतियोगताको मस्ट भ्यालुएबल प्लेयर पोखराका आयुष घलान बने । उनले २.५ लाख रुपैयाँ हात पारे । 

winners (6)

goal celebration (4)NSL drone shot (4)NSL final audience (1)NSL final audience (3)NSL final audience (4)NSL final audience (6)NSL final audience (7)NSL final audience (8)NSL final audience (9)nsl final first half (2)nsl final first half (3)nsl final first half (5)Trophy celebration (1)Trophy celebration (2)Trophy celebration (3)Trophy celebration (5)Trophy celebration (6)Trophy celebration (7)Trophy celebration (8)Trophy celebration (9)Trophy celebration (10)

winners (11)

सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया