आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता

शनिबार, १३ वैशाख २०८२, २१ : ४२
शनिबार, १३ वैशाख २०८२

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् ।

नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदिले बगाएको भन्ने प्रहरीलाई जानकारी गराएका थिए ।

उक्त सूचना पाएपछि प्रहरी चौकी फुलबारी, हाङपाङ र निगुरादिनबाट खोजतलासका लागि टोली खटाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप