आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म

शनिबार, १३ वैशाख २०८२, २२ : ००
शनिबार, १३ वैशाख २०८२

काठमाडौँ । आज मिति २०८२ साल वैशाख महिनाको १३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङ लिएर उपस्थित भएका छौँ–

  • पहलगाम हमला

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु काश्मिरस्थित पहलगाम आक्रमणमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार पूर्वराजा शाहले सो घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका उनको संवाद सचिवालय  एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

  • विरोध प्रदर्शन

भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा  नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौँमा प्रदर्शन गरिएको छ । 

भाटभटेनी लुटपाट काण्डमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको चरित्र हत्या गरिएको भन्दै नेपाल तरुण दल सिरहाले शनिबार गोलबजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला जलाएका छन् ।

  • प्रचण्डको आरोप

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको आरोप लगाएका छन् ।

  • एमाले संसदीय दल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा बोल्नुपर्ने विषयहरूका बारेमा आफ्ना सांसदहरूलाई विभिन्न निर्देशन दिएका छन् । शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले आफ्ना सांसदहरू संसद्मा कसरी प्रस्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराएका हुन् । 

  • प्रथम नेपाली महिला

 रातोपाटी डटकमको प्रस्तुति ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १८ औँ एपिसोड पुण्यप्रभा ढुङ्गानाका सम्बन्धमा छ । पुण्यप्रभा ढुंगाना ‘यथा नाम तथा गुण’ भएकी व्यक्तित्वको नाम हो । ‘अखिल नेपाल महिला सङ्घ’ की जन्मदातृ तथा संस्थापक अध्यक्ष हुन् उनी ।

  • पहिलो प्रस्रव

साहित्यकार उषा शेरचनले २०३४/३५ सालतिर पीएन क्याम्पसमा पढ्थिन् । उनका मामाका छोरा विनोद गौचनले पनि त्यहीँ पढ्थे । उनै विनोद गौचन, जसले पछि ‘जति माया लाए पनि, जति कसम खाए पनि’, तगारोमा रुमाल राखी’ जस्ता कालजयी गीत लेखेर अस्ताए ।

  • एनएसएल

ललितपुर सिटी एफसीले‌ लगातार दोस्रो पटक नेपाल सुपर लिग एनएसएल उपाधि जित्न सफल भएको छ । शनिबार दशरथ रंगशालामा पोखरा थन्डर्समाथि ललितपुरले २–१ गोलको जित निकालेको हो ।

  • केबलकार विवाद

ताप्लेजुङको पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्री खगेनसिंह हाङ्गामबिच विवाद देखिएको छ ।

  • मर्ज गर्दै सरकार

सहकारी विभाग र राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्र मर्जरमा जाने भएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि कामविहीन बनेको विभागअन्तर्गत प्रशिक्षण केन्द्रलाई ल्याउन लागिएको हो ।

  • शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप