प्रभसिमरन र प्रियांशको विस्फोटक ब्याटिङ, म्याक्सवेल फेरि फ्लप

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औँ खेलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्ससामु जितका लागि २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १ रन बनाएको हो ।
टोलीलाई ओपनरद्वय प्रियांश आर्या र प्रभसिमरन सिंहले शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । उनीहरूले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरे ।
सिंहले टोलीका लागि सर्वाधिक ८३ रनको योगदान दिए । उनले मात्र ४९ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । उता, आर्याले पनि ३५ बलमा ६९ रनको शानदार इनिङ्स खेले । उनले ८ चौका र ४ छक्का हिर्काए ।
कप्तान श्रेयस ऐयरले नटआउट रहँदै १६ बलमा २५ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । जोस इंग्लिस ११ बनाउँदै नटआउट रहे । उनले २ चौका प्रहार गरे ।
ग्लेन म्यासवेलले भने पुनः एकपटक असफल साबित भए । उनी ८ बलमा ७ रन बनाउँदै पभेलियन फर्किएका थिए । उनले यो सिजन आईपीएलमा एकपटक मात्र दोहोरो अंकमा रन बनाउन सकेका छन् । मार्को यानसेनले पनि ७ बलमा ३ रन मात्र बनाउन सके ।
कोलकाताका लागि वैभव अरोराले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए । वरुण चक्रवर्ती र आन्द्रे रसलले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता